डा. गोविन्द केसीले धनगढीबाट २४औँ सत्याग्रह सुरु गरे

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका छन्।

डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनशन सुरु गरेका हुन्।

सत्याग्रह सुरु हुनुअघि सुदूरपश्चिमका राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा तथा स्थानीय समुदायले अनशन स्थगित गर्न आग्रह गरेका थिए। गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सत्याग्रहका कारण विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका थिए।

यद्यपि, सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै डा. केसी पुनः सत्याग्रहमा बसेका हुन्।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग उठाउँदै आएका डा. केसीले यसअघि पनि पटक–पटक अनशन र सत्याग्रह गर्दै सरकारसँग सम्झौता गरेका भए पनि ती सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन नभएको आरोप लगाउँदै आएका छन्।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
289 Shares