Sky Sports ले मेस्सीलाई २०२६ विश्वकपको सर्वश्रेष्ठ खेलाडी घोषणा गर्‍यो

काठमाडौं । Sky Sports ले आफ्नो Power Rankings सार्वजनिक गर्दै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई २०२६ फिफा विश्वकपको सर्वश्रेष्ठ खेलाडी (Best Player) घोषणा गरेको छ।

Sky Sports ले ४० भन्दा बढी प्रदर्शन सूचक (metrics) को विश्लेषणका आधारमा तयार पारेको वरीयतामा मेस्सी पहिलो स्थानमा परेका हुन्। फ्रान्सका किलियन एम्बाप्पे दोस्रो तथा इङ्गल्यान्डका जुड बेलिङ्घम तेस्रो स्थानमा रहेका छन्।

Sky Sports को शीर्ष १० वरीयतामा स्पेनका पाँच खेलाडी समावेश भएका छन्। सूचीमा उनाई सिमोन, पेड्रो पोरो, मिकेल ओयारजाबल, आयमेरिक लापोर्टे र पाउ कुबार्सी परेका छन्।

फिफाले भने आधिकारिक रूपमा स्पेनका रोड्रीलाई प्रतियोगिताको गोल्डेन बल विजेता घोषणा गरेको थियो। तर Sky Sports को पावर र्याङ्किङमा रोड्री १८औँ स्थानमा परेका छन्, जसले फुटबल समर्थकबीच बहसको विषय बनेको छ।

मेस्सीले प्रतियोगिताभर ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। Sky Sports बाहेक IFFHS, AIPS र Fox Sports लगायतका केही अन्तर्राष्ट्रिय खेलकुद माध्यमले पनि मेस्सीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी (MVP) का रूपमा मूल्याङ्कन गरेका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
343 Shares