अमेरिका–इरान तनाव थप चर्कियो, ट्रम्पद्वारा थप सैन्य कारबाहीको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप ठूलो सैन्य कारबाही हुन सक्ने संकेत दिएपछि मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। ट्रम्पले इरानले अझै पर्याप्त क्षति नभोगेको दाबी गर्दै नयाँ सैन्य अभियानको तयारी भइरहेको बताएका छन्।

अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM)ले इरानमाथि लगातार १३औँ रात हवाई आक्रमण गरेको जनाएको छ। आक्रमणमा सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल, तटीय निगरानी प्रणाली तथा समुद्री सैन्य संरचनालाई निशाना बनाइएको अमेरिकी पक्षको दाबी छ।

इरानी सञ्चारमाध्यमका अनुसार खुजेस्तान प्रान्तको अहवाज क्षेत्रमा भएको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको कदमलाई “विवेकहीन आक्रामकता”को संज्ञा दिँदै कडा प्रतिक्रिया जनाएका छन्।

यसैबीच अमेरिकी वायुसेनाले तेहरान, खोंदाब, खोर्रमाबाद, कोनारक तथा जास्क क्षेत्रमा पनि आक्रमण गरेको जनाएको छ। रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलसन्धि नजिक रहेको जास्क बन्दरगाह क्षेत्रमा ठूला विस्फोट भएको बताइएको छ। इरानले राजधानी तेहरानको सुरक्षाका लागि हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ।

युद्धको प्रभाव अमेरिकी सेनामा पनि देखिएको छ। उत्तरी इराकमा इरानी ड्रोनको नफुटेको विस्फोटक निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको तथा अर्का एक सैनिक घाइते भएको अमेरिकी पक्षले जनाएको छ। यससँगै युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको बताइएको छ।

उता, हुथी विद्रोहीले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको जनाइएको छ। सुरक्षा जोखिम बढेपछि धेरै व्यापारिक जहाजहरूले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्न थालेका छन्।

यसैबीच अमेरिकी सिनेटले युद्ध रोक्न सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ भने इरानले युद्धसम्बन्धी ९५ अर्ब अमेरिकी डलरको अतिरिक्त रक्षा बजेट स्वीकृत गरेको बताइएको छ। पछिल्ला घटनाक्रमले अमेरिका–इरान तनाव अझ गम्भीर बन्न सक्ने विश्लेषण गरिएको छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
336 Shares