चितवन र झापाका ३९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं । राष्ट्रिय भूमि आयोगले चितवन र झापाका ३९ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरेको छ।

आयोगका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाका ३४ परिवार र झापाको कनकाई नगरपालिकाका पाँच परिवारलाई लालपुर्जा प्रदान गरिएको हो।

लालपुर्जा प्राप्त गरेसँगै ती परिवार कानुनी रूपमा सम्बन्धित जग्गाको स्वामित्व प्राप्त गर्दै जग्गाधनी बनेका छन्।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानअन्तर्गत लालपुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोगले जनाएको छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
277 Shares