

आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफ.एम.को १४औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि नियमको पालना र जिम्मेवार नागरिक व्यवहार आवश्यक रहेको बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा आईजीपी कार्कीले मेट्रो ट्राफिक एफ.एम.लाई सहयोग गर्ने विभिन्न संघसंस्था, विज्ञापनदाता तथा उत्कृष्ट सवारी चालकहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा ट्राफिक जनचेतनामूलक गीत “असल नागरिकलाई सिकाउनै पर्दैन” को समेत विमोचन गरिएको थियो । उक्त गीतले सडक अनुशासन, ट्राफिक नियमको पालना र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्य राखेको छ ।
मेट्रो ट्राफिक एफ.एम.ले स्थापनाकालदेखि नै ट्राफिक नियम, सडक सुरक्षा र जनचेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकृत, ट्राफिक प्रहरी अधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि
1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…





