विराटनगर विमानस्थलबाट साढे ६ लाख रुपैयाँसहित बहालवाला उपसचिव पक्राउ

काठमाडौं। राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट स्रोत खुलाउन नसकेको रु. ६ लाख ६५ हजार नगदसहित पक्राउ परेका छन्।

प्राप्त जानकारीअनुसार साउन ३ गते बुद्ध एयरमार्फत काठमाडौं जान लागेका तामाङमाथि विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा शंका लागेपछि उनको झोला परीक्षण गरिएको थियो। परीक्षणका क्रममा एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी जम्मा रु. ६ लाख ६५ हजार बरामद भएको थियो।

सुरक्षा निकायले रकमको वैधानिक स्रोत पुष्टि गर्न आग्रह गर्दा तामाङले विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको थियो।

उच्च सरकारी अधिकारी नगदसहित पक्राउ परेको घटना लामो समयसम्म सार्वजनिक नगरिएको विषयले समेत प्रश्न उठेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार बरामद रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अनुसन्धान प्रतिवेदन तयार भइसकेको र अब जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
143 Shares