

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन
ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
बडीमालिका क्षेत्रमा दूरसञ्चार सेवाको अभावबारे गम्भीर चासो व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले सडक सञ्जालबाट सामान ढुवानी सम्भव नभएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गरी काम अघि बढाउन निर्देशन दिएका हुन्।
शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल टेलिकमले साउनभित्रै टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टेलिकमका अनुसार टावर निर्माणका लागि आवश्यक सामग्री धनगढीसम्म पुगिसकेको छ र हेलिकप्टर उपलब्ध भए लगत्तै निर्माण कार्य अघि बढाइनेछ।
सञ्चारमन्त्री तिमिल्सिनाले प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि बडीमालिकालगायत दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका विषयमा छलफल गरेका छन्। सो क्रममा अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग आवश्यक पूर्वाधार र सडक अवस्थाबारे पनि जानकारी लिएका छन्।
सरकारको दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने योजनाअनुसार नेपाल टेलिकमले बडीमालिका मन्दिर क्षेत्र (४,२०० मिटर उचाइ) मा फोरजी सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ। साथै सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन भइरहेको छ।
हालै डोल्पाको ल्हान, दुनै तथा ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा समेत फोरजी सेवा सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ।
सरकारका अनुसार देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तार गर्न करिब १,६०० नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि
1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…





