

घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्ने प्रयास, गाँजासहित एक पक्राउ
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगर क्षेत्रबाट आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको ‘घुमुवा प्रहरी’ भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार साउन ८ गते साँझ करिब ७ः३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको परिचय दिँदै पेस्तोल देखाएर सर्वसाधारणसँग रु. १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो।
प्रहरीले राणालाई नियन्त्रणमा लिएर शरीर तथा डेरा कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको एक थान नक्कली रिभल्भर, एक थान सवारी चालक अनुमतिपत्र, ५०० ग्राम गाँजा, भिभो कम्पनीको एक थान एन्ड्रोइड मोबाइल तथा नेपाली नगद रु. २ हजार ६ सय बरामद गरेको जनाएको छ।
बरामद भएका सामग्रीसहित राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी ठगी, सार्वजनिक शान्ति भंग तथा लागूऔषध सम्बन्धी कसुरसमेतका कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सरकारको सोच र जनअपेक्षाअनुसार प्रहरी सेवा परिस्कृत भएको छ : एसएसपी दिलिप घिमिरे
-
हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये बाजुराकी शैलेश्वरी बोहरा उत्कृष्ट घोषित
-
हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा आरम्भ, चार महिनासम्म चल्ने चतुर्मासा सुरु
-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि
3.5kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…





