

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, दुई जना घाइते
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पालिका केन्द्र पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् ।
शनिबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको भाडाको घरमा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पगाउँका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो ।
पहिरोमा पुरिएर बालक रमेशको मृत्यु भएको हो । प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याए पनि चिकित्सकले बिहान करिब ५ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
पहिरोमा परी जगनाथ र सिर्जनालाई सामान्य चोट लागेको छ । उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
करिब २ सय मिटर माथिबाट खसेको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याएको छ । घटनास्थल आसपासका थप आठ घरसमेत उच्च जोखिममा परेपछि त्यहाँ बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबीराज थपलियाका अनुसार उद्धार तथा सुरक्षाका लागि प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमाण्डमा ७ जना प्रहरी र छायल प्रहरी चौकीबाट ६ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सरकारको सोच र जनअपेक्षाअनुसार प्रहरी सेवा परिस्कृत भएको छ : एसएसपी दिलिप घिमिरे
-
हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये बाजुराकी शैलेश्वरी बोहरा उत्कृष्ट घोषित
-
हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा आरम्भ, चार महिनासम्म चल्ने चतुर्मासा सुरु
-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि
3.4kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…





