प्रहरी महानिरीक्षक कार्कीको सन्देश : ‘हरेक नागरिकले आफ्नो पेसामा गर्व गर्न पाउने वातावरण नै वास्तविक लोकतन्त्र’

धनुषा । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायप्रति गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्रको पहिचान भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रप्रहरी आवास भवन को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिए।

उनले लोकतन्त्र केवल शब्दमा सीमित नभई नागरिकको दैनिक जीवनमा अनुभूति हुने व्यवस्था भएको बताए। “लोकतन्त्र भनेको पटक–पटक शब्द दोहोर्‍याउनु मात्र होइन, नागरिकले आफ्ना कर्म र पेसाप्रति आत्मसम्मान महसुस गर्न पाउनु हो,” उनले भने।

महानिरीक्षक कार्कीले पसले, इलेक्ट्रिसियन, भान्से, दर्जी, मजदुर, प्रहरीलगायत सबै पेशा र व्यवसायमा संलग्न व्यक्ति समाजका महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै कुनै पनि कामलाई सानो वा ठूलो भनेर विभेद गर्न नहुने बताए।

“मानिसको पेसा, पद वा हैसियतका आधारमा फरक व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजमा स्वीकार्य हुन सक्दैन,” उनले भने। उनले समाजमा रहेका विभेदकारी सोच र व्यवहार अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

प्रहरी कार्यालयमा सेवा लिन आउने प्रत्येक नागरिकलाई समान, सम्मानजनक र निष्पक्ष व्यवहार गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिँदै महानिरीक्षक कार्कीले कुनै पनि आधारमा विभेद हुन नहुने बताए।

उनले नवनिर्मित सेवा केन्द्र र आवास भवनले नागरिकलाई सहज सेवा प्रदान गर्न तथा प्रहरी कर्मचारीको कार्यसम्पादनमा थप ऊर्जा र प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

Facebook Comments Box
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि

3.5kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…

TOP
450 Shares