यात्रुलाई बासी खाना खुवाउने देउखुरीको होटललाई २५ हजार जरिवाना

दाङ । यात्रुको स्वास्थ्यसँग खेलबाड गर्दै बासी तथा अस्वस्थकर खाना बिक्री गरेको पाइएपछि दाङको देउखुरी क्षेत्रमा सञ्चालित एक होटललाई कारबाही गरिएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरियास्थित पूर्व–पश्चिम हाइवे होटललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार रुपैयाँ जरिवाना गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा होटलको फ्रिजमा अस्वस्थकर तथा बासी खाना भण्डारण गरिएको, पकाइने परिकारमा कृत्रिम रङ प्रयोग गरिएको, भान्सा संरचना मापदण्डअनुसार नभएको पाइएको थियो।

त्यस्तै, होटलमा मूल्यसूची नराखिएको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध फैलिएको लगायतका कैयौँ स्वास्थ्य सुरक्षासम्बन्धी कमजोरी भेटिएपछि कारबाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुख पदम बरालले जानकारी दिए।

प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटक–पटक सुधार गर्न निर्देशन दिइएको थियो। तर निर्देशनको बेवास्ता गर्दै सुधार नगरेपछि पुनः अनुगमन गरी जरिवाना गरिएको हो।

खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्लाका होटल तथा खाद्य व्यवसायमा अनुगमनलाई थप प्रभावकारी बनाइने कार्यालयले जनाएको छ।

Facebook Comments Box
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१३ घण्टा अगाडि

1.6kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…

TOP
343 Shares