

नक्कली पेस्तोल देखाएर प्रहरीको घुमुवा भन्दै रकम असुल्न खोज्ने व्यक्ति पक्राउ
काठमाडौं । प्रहरीको घुमुवा हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार राणा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनले नक्कली पेस्तोल देखाउँदै आफू प्रहरीको घुमुवा भएको बताई भैरहवा क्षेत्रमा स्थानीयसँग रकम माग गर्दै आएका थिए।
रुपन्देही प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार राणालाई सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरमा एक स्थानीयसँग १० हजार रुपैयाँ मागिरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउपछि प्रहरीले राणाको कोठामा खानतलासी गर्दा नक्कली पेस्तोल र करिब ५ सय ग्राम गाँजा समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१४ घण्टा अगाडि
1.6kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





