जन्मदिनको पार्टी खाएर फर्किँदा साथीको हत्या, बागलुङमा चार जना पक्राउ

पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा साथीको जन्मदिन मनाएर घर फर्किने क्रममा एक युवकको हत्या भएको आशंका गरिएको छ। बडिगाड गाउँपालिका–१ दगाका स्थानीय लाजिन थापाको शव घर नजिकै रहेको मनखोलाको झरनाको खोँचमा फेला परेको हो।

प्रहरीका अनुसार थापा करिब ८ दिनदेखि सम्पर्कविहीन थिए। खोजी गर्ने क्रममा उनको शव झरनाको खोँचमा भेटिएको हो। शव सडिसकेको अवस्थामा भेटिएकाले घटनाको थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। मृतक थापाको अनुहार र टाउकोमा चोट देखिएको बताइएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप प्रमाण संकलन र अनुसन्धानलाई तीव्र बनाएको छ।

Facebook Comments Box
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१२ घण्टा अगाडि

1.5kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…

TOP
350 Shares