

डा. गोविन्द केसीका मागबारे सरकार र केसी पक्षबीच आज थप वार्ता हुँदै
धनगढी । सत्याग्रहमा रहेका डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र डा. केसी पक्षबीच आज थप वार्ता हुने भएको छ। सरकारले केही मागमा सकारात्मक संकेत देखाएपछि सहमतिको प्रयास तीव्र बनेको हो।
वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगिसकेका थिए।
सरकारी टोलीले पहिलो चरणमा डा. केसीका प्रतिनिधि डा. अमृत जैसी र पवन थापासँग छलफल गर्ने तयारी गरेको छ। प्रारम्भिक छलफल सकारात्मक भए सहमतिको मस्यौदामाथि डा. केसीसँग पनि थप वार्ता गरिने जनाइएको छ।
डा. केसीले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि ओएनएम स्वीकृत गर्नुपर्ने तथा एमबीबीएस अध्ययन तत्काल सुरु गर्नुपर्ने माग राखेका छन्।
डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार ३०० शय्याको अस्पताल सञ्चालन र एमबीबीएस अध्ययन सुरु गर्ने विषयमा सरकार सकारात्मक देखिए पनि उपकुलपति र रजिष्ट्रार हटाउने विषयमा कानुनी जटिलता रहेको संकेत सरकारी पक्षले दिएको छ। यही विषयमा आज थप छलफल हुने उनले बताए।
‘हाम्रो बटमलाइन दुई पदाधिकारीलाई पदमुक्त गर्नु पनि हो। त्यसमा सरकार सहमत भए वार्ता सफल हुन्छ, नभए सहमति हुन गाह्रो हुन्छ,’ डा. जैसीले भने।
यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१६ घण्टा अगाडि
1.6kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





