

डीआर कङ्गोमा एडीएफको आक्रमणमा ३२ सर्वसाधारणको मृत्यु
काठमाडौं । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ)ले पछिल्लो ७२ घण्टामा गराएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घको सहयोगमा सञ्चालित रेडियो ओकापीका अनुसार आक्रमण माम्बासा क्षेत्रका गाउँहरूमा भएको हो। थप पीडितको खोजी तथा पहिचान कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन्।
आक्रमणपछि प्रभावित गाउँ तथा आसपासका क्षेत्रमा विस्थापनको नयाँ लहर देखिएको छ। थप हिंसाको त्रासका कारण स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ पलायन भएका छन्।
शनिबार अबेरसम्म स्थानीय प्रशासन तथा डीआरसीको सशस्त्र बलले घटनाबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका थिएनन्।
स्थानीय नागरिक समाजका अनुसार एडीएफले यस वर्ष मार्चयता मात्र माम्बासा क्षेत्रका करिब २० गाउँमा १०० भन्दा बढी सर्वसाधारणको हत्या गरिसकेको छ।
युगान्डाबाट उत्पत्ति भएको इस्लामिक स्टेटसँग आबद्ध एडीएफ लामो समयदेखि पूर्वी डीआरसीमा सक्रिय छ। समूहको गतिविधि नियन्त्रण गर्न डीआरसी र युगान्डाका सेनाले सन् २०२१ नोभेम्बरदेखि संयुक्त सैन्य अभियान सञ्चालन गर्दै आएका छन्।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१२ घण्टा अगाडि
1.5kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





