DDC को वार्षिक कारोबार ४ अर्ब रुपैयाँ नाघ्यो, करिब ६ करोड लिटर दूध प्रशोधन

काठमाडौं । दुग्ध विकास संस्थान (DDC) ले आर्थिक वर्ष २०८२/८३ मा करिब ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ।

DDC का प्रवक्ता निलकण्ठ गौतमका अनुसार हाल संस्थाको स्टक क्रमशः बिक्री भइरहेकाले किसानलाई भुक्तानी गर्न सहज बन्दै गएको छ। उनका अनुसार यसअघि किसानले ६–७ महिनासम्म भुक्तानी कुर्नुपर्ने अवस्था रहेकामा अहिले त्यो अवधि घटेर २–३ महिनाभित्र सीमित भएको छ।

प्रवक्ता गौतमले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारले देखाएको चासोका कारण DDC का उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव परेको बताएका छन्।

DDC ले आगामी दिनमा पनि दूध तथा दुग्धजन्य उत्पादनको बजारीकरण थप प्रभावकारी बनाउने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
337 Shares