गोकुल बास्कोटाको व्यंग्य: ‘पीए लिइसक्यौ, अब पीएसओ, चालक र सरकारी गाडी पनि लिईहाल’

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय सुरक्षा माग गरिरहेका विपक्षी नेताहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।

बास्कोटाले पहिले सरकारी सुविधा नलिने घोषणा गरे पनि अन्ततः निजी सहायक (पीए) नियुक्त गरिएको भन्दै अब निजी सुरक्षा अधिकृत (पीएसओ), चालक र सरकारी गाडी पनि लिन कटाक्ष गरेका हुन्।

फेसबुकमार्फत उनले लेखेका छन्, “कसैले पाउँदैन, नलिने भन्यौ, पीए लियौ। सुरक्षा थ्रेटको ‘नाटक’ मञ्चन थाल्या छौ, पीएसओ पनि लिइहाल। अगाडि पछाडि ट्याँ–टुँ नगर्ने कुरा नाटक भयो।”

उनले आफूलाई नयाँ राजनीति भन्नेहरूले “पुरानो जगमा डेन्टिङ–पेन्टिङ मात्र गरेको” आरोप लगाउँदै वास्तविक परिवर्तनभन्दा “स्टन्ट” मात्र देखिएको टिप्पणी गरेका छन्। व्यंग्यकै शैलीमा उनले “चालक, गाडी पनि लिईहाल। बाँकी छ, चमेरोको घरमा पाहुना लाग्न, त्यो पनि गर, कथा समाप्त” भनेर उल्लेख गरेका छन्।

बास्कोटाको यो टिप्पणी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूले आफूहरूलाई सुरक्षा जोखिम रहेको दाबी गर्दै सरकारसँग सुरक्षा व्यवस्था मागिरहेको सन्दर्भमा आएको बुझिएको छ। यद्यपि उनले आफ्नो पोस्टमा कुनै व्यक्तिको नाम भने उल्लेख गरेका छैनन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१६ घण्टा अगाडि

1.0kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
126 Shares