

चितवनका होस्टल १५ दिनभित्र दर्ता गर्न प्रशासनको निर्देशन, मापदण्ड बनाउन कार्यदल गठन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर सञ्चालनमा रहेका होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सरोकारवालासँगको छलफलपछि दर्ता नभएका होस्टललाई १५ दिनभित्र अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिइएको छ। उनले होस्टललाई केवल व्यापारिक ‘होटल’का रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पार्दै विद्यार्थीको सुरक्षा र अनुशासनप्रति सञ्चालक पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने बताएका छन्।
होस्टल सञ्चालनका लागि आवश्यक पूर्वाधार, पूर्वसर्त, शुल्क, अनुशासन तथा व्यावसायिक नैतिकता समेटिएको मापदण्ड तथा आचारसंहिता तयार गर्न कार्यदल गठन गरिएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका सहायक निर्देशक रमेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा भरतपुर महानगरपालिकाका अधिकृत रवीन्द्रदेव देवकोटा र होस्टल एसोसिएसनका अध्यक्ष आरती शाह सदस्य रहेका छन्। कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
प्रशासनले होस्टलमा कुनै शंकास्पद वा अवाञ्छित गतिविधि देखिए तत्काल सुधारात्मक कदम चाल्दै नजिकको सुरक्षा निकायलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ।
हाल भरतपुर महानगरपालिका क्षेत्रमा ६६ वटा होस्टल सञ्चालनमा रहेका छन्, जहाँ अध्ययन, रोजगारी तथा अन्य प्रयोजनका लागि बाहिरबाट आएका व्यक्तिहरू बसोबास गर्दै आएका छन्।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





