
भारी वर्षाको सम्भावनापछि वीरगन्जका विद्यालय शुक्रबार बन्द

वीरगन्ज । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले शुक्रबार (असोज ९ गते) महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै असोज ९ गते एक दिनका लागि महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयको पठनपाठन स्थगित गर्ने जनाएको हो।
जल तथा मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले प्रतिकूल मौसमका कारण बाढी, डुबान, चट्याङ तथा अन्य विपद्को जोखिम हुन सक्ने भन्दै सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आवश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा नजान, सुरक्षित स्थानमा बस्न तथा मौसमसम्बन्धी सूचना र स्थानीय प्रशासनको निर्देशन पालना गर्नसमेत महानगरपालिकाले अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
बंगालको खाडीको न्यूनचापीय प्रणाली जमिनमा प्रवेश, आज र भोलि भारी वर्षाको सम्भावना
-
आज असोज ८ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
बंगालको खाडीको प्रणाली थप शक्तिशाली बन्दै, देशभर भारी वर्षाको सम्भावना
-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष– आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ…





