
भारी वर्षाको सम्भावनापछि वीरगन्जका विद्यालय शुक्रबार बन्द

वीरगन्ज । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले शुक्रबार (असोज ९ गते) महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै असोज ९ गते एक दिनका लागि महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयको पठनपाठन स्थगित गर्ने जनाएको हो।
जल तथा मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले प्रतिकूल मौसमका कारण बाढी, डुबान, चट्याङ तथा अन्य विपद्को जोखिम हुन सक्ने भन्दै सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आवश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा नजान, सुरक्षित स्थानमा बस्न तथा मौसमसम्बन्धी सूचना र स्थानीय प्रशासनको निर्देशन पालना गर्नसमेत महानगरपालिकाले अनुरोध गरेको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





