
३० वर्षअघिको घटना सम्झायो प्रहरी नेतृत्व परिवर्तनले

काठमाडौँ । रास्वपाको सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेसँगै ३० वर्षअघिको प्रहरी प्रशासनमा भएको विवाद पुनः चर्चामा आएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई नयाँ आईजीपी नियुक्त गरेका थिए । उक्त निर्णयले त्यतिबेला ठूलो राजनीतिक तथा प्रशासनिक विवाद निम्त्याएको थियो ।
खरेलको सरुवाको कानुनी आधारमाथि प्रश्न उठेको थियो भने तत्कालीन मन्त्री प्रकाशचन्द्र लोहनीले विरोधस्वरूप राजीनामासमेत दिएका थिए । करिब तीन दशकपछि पुनः बहालवाला आईजीपीलाई जिम्मेवारीबाट हटाएर नयाँ नेतृत्व नियुक्त गर्ने सरकारको निर्णयले २०५३ सालको घटनालाई स्मरण गराएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
३० वर्षअघिको घटना सम्झायो प्रहरी नेतृत्व परिवर्तनले
-
आज कार्तिक १९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपीबाट हटाउने निर्णयको कानुनी वैधतामाथि प्रश्न, पुनर्बहालीको माग गर्दै कार्की सर्वोच्च जाँदै
-
आफूअनुकूल शासनका लागि प्रहरी नेतृत्वमाथि कार्यकारीको बल प्रयोग, आईजीपी दानबहादुर कार्की पदमुक्त
-
सर्वोच्चको ऐतिहासिक नजिरमाथि प्रधानमन्त्री बालेनको प्रहार, प्रहरी प्रमुख हटाउने निर्णयले ३० वर्ष पुरानो विवाद ब्युँतायो
आज कार्तिक १७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
5.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष नयाँ जिम्मेवारीले काममा जोस थप्नेछ। रोजगारीका लागि गरेको प्रयासले नयाँ…





