आज कार्तिक १९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

मेष:इच्छाअनुसार समयको सदुपयोग गर्न सकिनेछ। धार्मिक तथा आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्ने योग छ।
शुभ रंग : सेतो | शुभ अंक : ७

वृष: एउटा कार्य सम्पन्न गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा ठूलो निर्णय लिनुअघि अनुभवी तथा विशिष्ट व्यक्तिको सल्लाह लिनु उचित हुनेछ। आकस्मिक खर्च बढ्न सक्छ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला।
शुभ रंग : निलो | शुभ अंक : ८

मिथुन: नयाँ कार्य प्रारम्भ गर्दा मनमा द्विविधा उत्पन्न हुन सक्छ। जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नुहोला। आर्थिक पक्ष मजबुत रहनेछ। कुनै विषयले मनमा चिन्ता बढाउन सक्छ। प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ।
शुभ रंग : पहेँलो | शुभ अंक : २

कर्कट: सामाजिक दायित्व पूरा गर्न धन खर्च गर्नुपर्नेछ। प्रशासनिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। विद्यार्थीहरूका लागि नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा विगतको अनुभव उपयोगी बन्नेछ।
शुभ रंग : खैरो | शुभ अंक : ३

सिंह: दाम्पत्य तथा प्रेम जीवन सुखमय रहनेछ। कार्यक्षेत्रमा प्रतिनिधि तथा सहयोगी व्यक्तिहरूको साथ प्राप्त हुनेछ। अधिकार प्राप्तिका लागि गरिएका प्रयासमा सफलता मिल्नेछ। खानपानमा सावधानी नअपनाउँदा स्वास्थ्यमा समस्या आउन सक्छ।
शुभ रंग : वैजनी | शुभ अंक : ८

कन्या: आकस्मिक विवाद उत्पन्न हुन सक्ने भएकाले छरछिमेकी तथा आफन्तसँग कुराकानी गर्दा बोलीमा संयमता अपनाउनुहोला। कार्यक्षेत्रमा आफन्तहरूको सहयोग प्राप्त हुनेछ। गरेको श्रमअनुसार उचित मूल्यांकन र प्रतिफल मिल्नेछ।
शुभ रंग : पहेँलो | शुभ अंक : ४

तुला: आज उत्साहमा केही कमी महसुस हुन सक्छ। परिवारभित्रको मनमुटाव सुल्झाउन समय खर्चिनुपर्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिन हतार नगर्नुहोला। उपयुक्त समयको प्रतीक्षा गर्नुका साथै अनावश्यक सल्लाह दिनबाट बच्नु उचित हुनेछ।
शुभ रंग : सुन्तला | शुभ अंक : ७

वृश्चिक: आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। योजनाबद्ध रूपमा काम गर्दा सफलता प्राप्त हुनेछ। आर्थिक कारोबारसम्बन्धी नयाँ निर्णय कार्यान्वयन हुनेछन्। व्यापार व्यवसायको सिलसिलामा यात्रा गर्नुपर्ने सम्भावना छ।
शुभ रंग : सेतो | शुभ अंक : ४

धनु:कार्यक्षेत्रमा अनावश्यक जोखिम लिनबाट बच्नुहोला। स्वास्थ्यसम्बन्धी समस्याबाट राहत मिल्नेछ। लामो समयदेखि रोकिएका कामले गति लिनेछन्। नोकरी तथा पेसामा गरेको कामको उचित प्रशंसा र जस प्राप्त हुनेछ।
शुभ रंग : निलो | शुभ अंक : ३

मकर: व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहन सक्छ। सरकारी सेवामा कार्यरत व्यक्तिहरूका लागि परीक्षासम्बन्धी शुभ समाचार प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
शुभ रंग : रातो | शुभ अंक : ३

कुम्भ:कार्यक्षेत्रमा आलस्य त्यागेर सक्रिय रहनुहोला। वैदेशिक व्यापार तथा कारोबारबाट शुभ समाचार प्राप्त हुनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटको अवसर मिल्नेछ। सोचेजस्तो कार्य सम्पन्न गर्न केही बाधा तथा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ।
शुभ रंग : केशरी | शुभ अंक : १

मीन:आफ्नो बोली र विचारबाट अरूलाई प्रभावित पार्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ सम्झौता तथा अनुबन्ध सफलतापूर्वक सम्पन्न हुनेछन्। जीवनसाथीसँगको सम्बन्ध आत्मीय र सुखद रहनेछ।
शुभ रंग : पहेँलो | शुभ अंक : २

Facebook Comments Box
आज कार्तिक १७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

5.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष नयाँ जिम्मेवारीले काममा जोस थप्नेछ। रोजगारीका लागि गरेको प्रयासले नयाँ…

TOP
15 Shares