
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले आफ्नो उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिँदै प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा सकारात्मक छलफल भएको थियो।
भारतीय विदेश सचिवको यस भ्रमणलाई दुई देशबीचको कूटनीतिक संवाद र आपसी सहकार्यलाई निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुनुका साथै बाँकी रहेका मुद्दामा समझदारी निर्माण गर्ने र उच्चस्तरीय संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
३० वर्षअघिको घटना सम्झायो प्रहरी नेतृत्व परिवर्तनले
-
आज कार्तिक १९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपीबाट हटाउने निर्णयको कानुनी वैधतामाथि प्रश्न, पुनर्बहालीको माग गर्दै कार्की सर्वोच्च जाँदै
-
आफूअनुकूल शासनका लागि प्रहरी नेतृत्वमाथि कार्यकारीको बल प्रयोग, आईजीपी दानबहादुर कार्की पदमुक्त
सर्वोच्चको ऐतिहासिक नजिरमाथि प्रधानमन्त्री बालेनको प्रहार, प्रहरी प्रमुख हटाउने निर्णयले ३० वर्ष पुरानो विवाद ब्युँतायो
२२ घण्टा अगाडि
1.9kViews 30 Shares Share on Facebook Share on Twitter खरेललाई हटाउँदा गलत ठहरिएको निर्णयकै शैलीमा कार्कीलाई पदमुक्त गर्ने सरकारको कदम,…





