आज असोज १३ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष
दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानी र समझदारीबाट समस्याहरू समाधान हुनेछन्। रोजगारीका क्षेत्रमा केही समस्या आउन सक्ने भएकाले सचेत रहनुहोला। साझेदारी व्यवसायबाट लाभ मिल्ने योग छ। आजको शुभ रंग निलो र शुभ अंक २ रहेको छ।

वृष
आत्मविश्वासका साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्‍याउने प्रयास गर्न सक्ने भएकाले सजग रहनुहोला। सवारीसाधन चलाउँदा नीति–नियमको पूर्ण पालना गर्नु उचित हुनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ७ रहेको छ।

मिथुन
व्यापार–व्यवसायमा सन्तानबाट सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाबाट लाभ लिन सकिनेछ। नयाँ अवसरको सदुपयोग गर्न सकेमा दिन फलदायी बन्नेछ। आजको शुभ रंग पहेँलो र शुभ अंक ६ रहेको छ।

कर्कट
घरपरिवारको साथ र सहयोगले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै विषयलाई लिएर मनमा दुविधा उत्पन्न हुन सक्छ। वित्तीय तथा सहकारी संस्थाबाट ऋण लिने प्रक्रियामा केही बाधा आउन सक्नेछ। आजको शुभ रंग सेतो र शुभ अंक ५ रहेको छ।

सिंह
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउन सक्छ। निजी सम्पर्क र चिनजानका व्यक्तिको सहयोगबाट रोकिएका काम अघि बढाउन सकिनेछ। शुभ कार्यको चर्चा चल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना पनि छ। आजको शुभ रंग आकाशी र शुभ अंक ४ रहेको छ।

कन्या
नयाँ योजना प्रारम्भ गर्नुअघि शुभचिन्तकसँग सल्लाह लिनु उचित हुनेछ। वकालत तथा प्रशासनिक क्षेत्रमा तपाईंको बोली प्रभावशाली रहनेछ। सञ्चित धनमा वृद्धि हुने योग छ। सोचविचार गरेर अघि बढ्दा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो र शुभ अंक २ रहेको छ।

तुला
आत्मविश्वासमा वृद्धि हुनेछ। धैर्य र पराक्रमका साथ काम गर्दा सफलता हात पर्नेछ। बनाएका नयाँ योजनाहरू प्रभावकारी बन्नेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ र काममा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। आजको शुभ रंग केशरी र शुभ अंक ३ रहेको छ।

वृश्चिक
कार्यक्षेत्रमा अरूको भरमा मात्र नपर्नुहोला। स्वास्थ्यका विषयमा विशेष सावधानी अपनाउनु उचित हुनेछ। सकारात्मक सोचका साथ योजना बनाएर अघि बढ्दा सफलता मिल्नेछ। जिम्मेवारी पूरा गर्न आफ्नै प्रयास महत्त्वपूर्ण हुनेछ। आजको शुभ रंग पहेँलो र शुभ अंक ३ रहेको छ।

धनु
तारिफयोग्य काम गरेर अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ मिल्ने योग छ। आफूभन्दा ठूलाप्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। सामाजिक सम्बन्धमा पनि सुधार आउनेछ। आजको शुभ रंग निलो र शुभ अंक ७ रहेको छ।

मकर
नोकरी तथा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुक्याउन सक्ने भएकाले सजग रहनुहोला। विद्यार्थीहरूको अध्ययन–अध्यापनमा मन लाग्नेछ। जिम्मेवारीपूर्वक काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो र शुभ अंक ४ रहेको छ।

कुम्भ
मेहनती व्यक्तिका लागि समय उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कामको शुभारम्भ गर्ने अवसर मिल्न सक्छ। आफ्नो पराक्रम र क्षमताका आधारमा अधिकार स्थापित गर्न सकिनेछ। नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। आजको शुभ रंग केशरी र शुभ अंक ४ रहेको छ।

मीन
सन्तान तथा आफन्तबाट अपेक्षाअनुसार सहयोग नमिल्न सक्छ। दिगो फाइदा हुने काम सम्पन्न गर्ने अवसर मिल्नेछ। स्वास्थ्यका विषयमा सावधान रहनुहोला। प्राप्त अवसरको पूर्ण लाभ उठाउन केही कठिनाइ आउन सक्छ। आजको शुभ रंग रातो र शुभ अंक ६ रहेको छ।

Facebook Comments Box
TOP
15 Shares