
बागलुङमा बाढीपहिरोको वितण्डा : मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोले जनधनमा ठूलो क्षति पुर्याएको छ । शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।
त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो घटनासहित बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
प्रहरी र स्थानीयवासीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेका छन् । लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
११ घण्टा अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





