सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आचार्यको सकुशल उद्धार

पर्वत । पर्वतको जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक वृद्धको सकुशल उद्धार गरिएको छ।

आज बिहान करिब ५ः३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए। घटनालगत्तै उद्धारमा खटिएको टोलीले आचार्यलाई घरभित्रबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

उद्धार गरिएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक उपचारपछि आचार्यलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।

Facebook Comments Box
TOP
15 Shares