
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’

दशैं, तिहार र छठलाई लक्षित गर्दै ट्राफिक प्रहरीले यात्रुको सहजता र सुरक्षालाई प्राथमिकतामा राखेर नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले यात्रुको सहजता र सुरक्षाका लागि प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने तथा टिकट बिक्री, भाडा र सिट व्यवस्थापनमा गुनासो आउने भएकाले त्यसलाई तत्काल सम्बोधन गर्न सहायता कक्ष सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ।
यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, टिकट नदिने तथा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गर्ने जस्ता समस्या देखिएमा सहायता कक्षमार्फत तत्काल गुनासो राख्न सकिने व्यवस्था गरिनेछ।
सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहनेछन्। यात्रुले सार्वजनिक यातायातमा भोग्नुपरेका समस्या तथा गुनासो सम्बन्धित प्रतिनिधिसमक्ष राख्न सक्नेछन्।
चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई समेत प्रहरीले प्राथमिकतामा राखेको छ। कलंकी–नागढुंगा लगायत बढी सवारी चाप हुने क्षेत्र तथा प्रमुख आवागमन मार्गमा आवश्यकताअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिने जनाइएको छ।
प्रहरीले चाडपर्वका बेला यात्रुलाई सुरक्षित तथा सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न सार्वजनिक यातायातको निगरानी, ट्राफिक व्यवस्थापन तथा यात्रु सहायता सेवामा विशेष ध्यान दिने जनाएको छ।
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
११ घण्टा अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





