
धनकुटामा तासको खालबाट १२ जना पक्राउ, २ लाख ३६ हजार नगद बरामद

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ र २१ बुङ तास बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान चौबिसे गाउँपालिका–२ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले घरमा छापा मार्दा तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार घटनास्थलबाट खोलिएका चार बुङ र नखोलिएका १७ बुङ गरी जम्मा २१ बुङ तास बरामद भएको छ । साथै, तास खेलमा प्रयोग भइरहेको नगद २ लाख ३६ हजार २५० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का ३६ वर्षीय इमा मगर र ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बु (यलेक्स) र ४२ वर्षीय योगेन लिम्बु तथा चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहेका छन् ।
त्यस्तै, तासको खेल हेरिरहेको अवस्थामा चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समिर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर तथा चौबिसे–६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदीप मगर दीपक सारु मगरको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाले आवश्यक अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
यसअघि सोमबार पनि प्रहरीले धनकुटाको हिलेबाट तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट १ लाख १४ हजार ५५० रुपैयाँ नगद, चार बुङ खुला तास तथा विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरिएको प्रहरीले जनाएको छ ।
धनकुटामा पछिल्ला दुई दिनमा तास खेल्नेहरूविरुद्ध प्रहरीले गरेको कारबाहीमा २० जना नियन्त्रणमा परेका छन् भने नगद ३ लाख ५० हजार ८ सय रुपैयाँ बरामद भएको छ ।
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
१८ घण्टा अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





