एसपीलाई चुनौती दिँदै सई खड्काको ‘घुमुवा’ परिचालन, कैश निगरानीको ‘असुली’ धन्दा !

वीरगञ्ज । पर्सामा तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुख एसपी पवन भट्टराईले कडाइ गरिरहेका बेला प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक (सई) मानबहादुर खड्का माथि भने आफ्नै ढंगले ‘घुमुवा’ परिचालन गरी रकम उठाउने गरेको आरोप छ।
स्रोतका अनुसार सई खड्काको आडमा प्रहरी जवान कैश निगरानीलाई परवानीपुर क्षेत्रका सवारीसाधन, कलकारखाना, ट्रान्सपोर्ट व्यवसायी तथा तस्करीसँग जोडिएका कारोबारीबाट रकम उठाउन परिचालन गरिएको हो।
यादवले चेकजाँचका नाममा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम असुल्ने गरेको आरोप छ।
त्यसैगरी जवान निगरानीले सीमावर्ती नाकाबाट भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म लैजाने व्यापारीसँग मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठाउने गरेका छन्। कपडा, चिनी, चकलेट–बटरका कारोबारीदेखि गोदाम सञ्चालकसम्मबाट पनि नियमित रकम उठाउने गरेको बताइन्छ।
स्थानीय स्रोतहरूका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट–बटर तथा चिनी कारोबारीदेखि लिएर गोदाम सञ्चालकसम्मलाई लक्षित गरी नियमित रूपमा रकम उठाउने गरिएको आरोप छ।एक स्थानीय व्यापारीले नाम गोप्य राख्ने सर्तमा भने,“व्यापार गर्नै गाह्रो भइसकेको छ। मासिक रकम नदिए ढुवानी रोकिन्छ, सामान चेकजाँचका नाममा हैरानी दिइन्छ। डरकै कारण धेरैले बोल्न सकिरहेका छैनन्।”व्यापारीहरूको भनाइ अनुसार, रकम नबुझाउने व्यवसायीहरूलाई विभिन्न बहानामा प्रहरी प्रशासनिक दबाब, सवारी चेकिङ, मालसामान रोक्ने जस्ता कार्यमार्फत प्रताडित गरिने गरिएको आरोप छ।
यसले व्यवसायको लागत बढाउनुका साथै साना व्यवसायीहरूलाई थप मारमा पारेको उनीहरूको गुनासो छ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो ।परवानीपुर प्रहरी चौकीमा कार्यरत रहेका प्रहरी जवान निगरानीले आफ्नो क्षेत्रमा आतंक नै मचाएपनि कार्यालय प्रमुख अधिकारी मौन रहेका छन । यस्ता गतिविधी तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएकोछ।
यस बिषयमा बुझनको लागि प्रहरी चौकी परवानीपुरमा कार्यरत प्रहरी जवान निगरानीलाई फोन सम्पर्क गर्दा आफु घुमुवा प्रहरी नरहेको र सई साहेबले खटाएको ठाऊमा डियुटी गर्दे आएको बताए।निगरानीले कुनै पनि कारोबारीको सम्पर्क नरहेको बताएका छन्।
परवानीपुर चौकीका प्रमुख एवम प्रहरी नायब निरीक्षक खड्कालाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।

Facebook Comments Box
आज कार्तिक १७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

5.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष नयाँ जिम्मेवारीले काममा जोस थप्नेछ। रोजगारीका लागि गरेको प्रयासले नयाँ…

TOP
30 Shares