
मित्र रामचन्द्र ढकालजी, आज आफूलाई सच्याउने कि?

हिजो सनिश्चवार २०८२ कार्तिक २२ गते बिहान मेरा एक अन्यन्य मित्र हिन्दू धार्मिक अभियानकर्मी रामचन्द्र ढकालजीको सन्देश पढ्ने अवसर मिल्यो। बाइबलका केही घटनालाई उछालेर इसाई धर्म, इसाई धर्मगुरु र इसाई समुदायमाथि जुन किसिमको लाञ्छना, अपमान र घृणा व्यक्त गरिएको छ, यसले उहाँको मानवीयता, धार्मिक चेतना र सामाजिक सोचमाथि मेरो मानमा गम्भीर प्रश्न खडा गरेको छ।
मित्र, एउटा एउटा गहिरो प्रश्न छ , तपाईंले आफ्नो धर्म र संस्कृतिप्रति राख्नुभएको सम्मान अरूको धर्म र आस्थालाई अपमान गर्ने अधिकार पनि हो र?
बर्सेनि दसैँ, तिहारलगायत हिन्दू धर्मका आस्थावान सम्पूर्ण मनाउने धार्मिक तथा सांस्कृतिक पर्वहरू हामी र मैले पनि जोड दिदै आएको छु नेपाली समाजका महत्त्वपूर्ण सम्पदा हुन्। अनि म तिनको सम्मान गर्छु। तर तपाइँ र तपाइजस्तैले अतिवादीहरुले हिन्दु धर्म बाहेककाले त्यसको सम्मान गर्न बुद्धिष्ट,मुस्लिम , किराँत हुन या इसाई धर्म,कुरान ,तृपठ वा बाइबल वा इसाई समुदायलाई गाली गर्नुपर्ने कुनै आवश्यकता छैन।
तपाइले बाइबलमा लूतको घटनालाई देखाएर आजका सम्पूर्ण इसाईलाई अनैतिक भन्न मिल्छ? धर्म शास्त्र बाइबलभएका कतिपय कुरालाई पाप र बलि प्रथाको ख्रिष्ट येशुको कलबरीमा क्रुसको रगतले सिध्याइदिनु भो भन्ने आम इशाइहरुको बिश्वास छ आस्था छ तर तपाइलेत समाजमा घृणा र द्वन्द्व मच्चाउने अभिप्राय राखेर इतिहासमा कुनै पोप वा धर्मगुरुबाट अपराध भएको कुरालाई ल्याउनु तपाइको खोटि चिन्तन देखि उदेक लाग्ग्यो ।
मित्र अनि मित्रहरू गलत कोहि छ त्यसलाई कार्वाही हुन्छ एउटाको गलत प्रवृत्तिले संसारका सबै इसाईले लिनुपर्ने हो? त्यसैगरी भन्दा कुनै हिन्दू धर्मगुरु वा व्यक्तिबाट अपराध भयो भन्दैमा सम्पूर्ण हिन्दू समुदायलाई दोषी भन्न मिल्छ? तपाईं र तपाइहरुको बा हजुरबाले जातीय छुवाछूत विभेद गरे भनेर तपाइहरुलाइ अपराधी भन्न मिल्छ ? अपराध गर्ने व्यक्ति अपराधी हो, उसको कुनै धर्म होइन र हुदैन । धर्मको आवरणमा हुने अपराधको विरोध गर्नुपर्छ, तर धर्मावलम्बीमाथि सामूहिक घृणा फैलाउनु अर्को अपराध हो।
मित्र रामचन्द्र ढकालजी, तपाईंहरूलाई एउटा कुरा सम्झाउन चाहन्छु—मानिसले मानिसलाई जात, धर्म, वर्ण र समुदायका आधारमा विभेद गर्नु संसारकै क्रूर र अमानवीय व्यवहार हो त्यसलाई संरक्षण तपाइँको धर्म र आस्थाले बचाएको छ यो कुरा किन स्युकार्नुहुन्न ।
मैले जीवनमा जातीय विभेद र अपमानको पीडा भोगेको छु त्यो तपाईं र तपाइहरुको मनुस्मृती हो तपाइले लिनुभएको त्यो विभेदकारी मनुस्मृतिलाइ कहिले हो जलाउने ? । त्यसैले म मेरो मन संग धर्मको बहस गर्ने हेक्का तपाइहरु संग छ? तपाइले मान्ने धर्म र संस्कार बाट कति विभेद र दमन बहिष्करणमा छ्न नेपाली समाजमा मान्छेहरु आउनुहोस् बहस गरौं ।
केवल शास्त्र र सम्प्रदायको विषय होइन, मानिसको आत्मसम्मान, अस्तित्व र समानताको विषय पनि हो।
तपाईंहरू दसैं तिहारमा काग, कुकुर, गाई, गोरु र प्रति प्रेम र सम्मान प्रकट गर्नुहुन्छ। अत्यन्तै राम्रो कुरा हो। तर त्यही प्रेम र सम्मान तपाइले मान्ने धार्मिक आस्था मानिसहरु किन अछुत दलित सुद्रको रूपमा अपमान भोगिरहेका छ्न तिनको आवाज किन उठाउनु हुन्न अनि त्यस्तै अर्को धर्म मान्ने मानिसप्रति किन देखाउन सक्नुहुन्न? आचीखाने कुकुरलाई पूजा गर्ने संतपाइको संस्कार जति राम्रो, गाईलाई सम्मान गर्ने संस्कार राम्रो, तर त्यही धर्मका कारण आफ्नै दाजुभाइ दिदीबहिनीलाई अछुत बनाउने र फरक धर्म मान्ने मानिसलाई अपमान गर्ने सोचचाहिँ कुन धर्मको शिक्षा हो उत्तर दिनुहोस् ?
नेपाल हिन्दूहरूको मात्र होइन, इसाईहरूको मात्र होइन, कुनै एउटा धर्म वा समुदायको निजी सम्पत्ति पनि होइन। यो सबै नेपालीको साझा मातृभूमि हो।
अरूको धर्मग्रन्थमा भएका कमजोरी खोज्दै हिँड्ने तर आफ्नै व्यवहारमा रहेको घृणा, विभेद र संकीर्णता नदेख्ने प्रवृत्ति नै वास्तविक धार्मिक पाखण्ड हो।
मित्रहरू, यस्तै कुबुद्धि, संकीर्ण सोच र अरूको अस्तित्व स्वीकार गर्न नसक्ने व्यवहारका कारण तपाईंहरूका अभियान दिनप्रतिदिन सुक्दै गरेको प्याज र सल्कँदै गरेको मकैको खोस्टाजस्तै कमजोर हुँदै जानेछन्।
आदरणीय मित्र रामचन्द्र ढकालजी र अन्य त्यस्तै मित्रहरू , अझै पनि समय छ। आज आफूलाई सच्याउने कि? धर्मको नाममा घृणा होइन, मानवताको नाममा प्रेम बाँडौँ। आफ्नो धर्मको सम्मान गरौँ, अरूको धर्मको पनि सम्मान गरौँ। धार्मिक स्वतन्त्रता, धर्मनिरपेक्षता र समान नागरिक अधिकारको रक्षा गरौँ। हामीलाई धर्मयुद्ध होइन, मानवताको विजय चाहिएको छ। धार्मिक अहंकार होइन, सहअस्तित्व चाहिएको छ। विभेद होइन, समानता चाहिएको छ।
याद राख्नुहोस्—धर्मले मानिस ठूलो हुँदैन, मानिसको विचार, व्यवहार, चरित्र र मानवताले मानिस ठूलो हुन्छ।
जय मानवता! जय समानता!! जय नेपाल!!!
दल मर्दन कामी
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २२ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीपछि गुप्तचर प्रमुख टेकेन्द्र कार्की पनि हट्ने चर्चा, प्रधानमन्त्री असन्तुष्ट
-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
-
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
सिंहदरबारभित्रै जेब्रा क्रसिङमा सांसद गैरेलाई गाडीको ठक्कर, ट्रमा सेन्टरमा उपचार
२ दिन अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते…





