सिंहदरबारभित्रै जेब्रा क्रसिङमा सांसद गैरेलाई गाडीको ठक्कर, ट्रमा सेन्टरमा उपचार

काठमाडौँ । सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन्।

शुक्रबार सिंहदरबारभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा गैरेलाई गाडीले ठक्कर दिएको हो।

ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको गाडीले उनलाई ठक्कर दिएको थियो। उक्त गाडी पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको रहेको दाबी गरिएको छ।

घटनाबारे बुझ्ने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन्।

गाडीको ठक्करबाट सांसद गैरे सामान्य घाइते भएकी छन्। ठक्कर दिने गाडीले नै उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको थियो।

गैरे नेकपाकी राष्ट्रिय सभा सदस्य हुन्।

Facebook Comments Box
TOP
15 Shares