
आज लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन आज आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ। आजै घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठामीठा खानेकुरा खुवाएर कुकुर तिहार पनि मनाइँदै छ।
लक्ष्मीपूजाका अवसरमा घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने परम्परा छ। कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रीसमेत भनिन्छ।
लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरिन्छ। चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई देवीलाई घरमा स्वागत गर्ने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाका पालामा दीप प्रज्ज्वलन गरी घरलाई झिलीमिली बनाइन्छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ। लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलनसमेत रहेको छ।
आज लक्ष्मीपूजा गरेपछि घरबाट धनदौलत वा अन्य सामान बाहिर पठाए लक्ष्मी पनि बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
यसैगरी, आज कुकुर तिहार पनि मनाइँदै छ। कुकुरलाई मीठामीठा परिकार खुवाएर, फूलमाला लगाइदिएर तथा टीका लगाई पूजा गरेर सम्मान गर्ने परम्परा छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन्।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षाका लागि भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
तिहारमा कुकुरको पूजा गर्नुले मानिस र जनावरबीचको आत्मीय सम्बन्ध, कुकुरप्रतिको सम्मान तथा सुरक्षा र विश्वासको भावनालाई उजागर गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
राजनीतिक हस्तक्षेपको सिकार प्रहरी संगठन, निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई ‘अर्थहीन’ सुरक्षा सल्लाहकारको जिम्मेवारी!
-
आज कार्तिक २२ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीपछि गुप्तचर प्रमुख टेकेन्द्र कार्की पनि हट्ने चर्चा, प्रधानमन्त्री असन्तुष्ट
-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ उपत्यका केवल देशको राजधानी मात्र होइन, सम्पूर्ण राष्ट्रको राजनीतिक, प्रशासनिक,…





