पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका अन्य हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

हिमाली क्षेत्रमा हुने सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Facebook Comments Box
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ उपत्यका केवल देशको राजधानी मात्र होइन, सम्पूर्ण राष्ट्रको राजनीतिक, प्रशासनिक,…

TOP
15 Shares