
सशस्त्र प्रहरी बिओपी अमरपर्टी र प्रहरी चौकीको मिलोमतोमा ठुलो मात्रामा तस्करी सुचारु;एसपी भट्टराईको निर्देशनको धज्जी उडाउँदै सई चौधरी

काठमाडौं ।चाडपर्वको बेलाम सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको र प्रहरी चौकी अमरपर्टीको संरक्षणमा ठुलो मात्रामा तस्करीको लाईन खुल्ला भएको छ।
सिमानाकामा हुने राजस्व चुहावट नियन्त्रणको लागि पहिलो फेजमा खटाएको सशस्त्र प्रहरी र दोस्रो फेजमा खटिएको नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
पर्साको सदरमुकाम वीरगंज भन्दा करिब १२ किलोमिटर भित्र रहेको अमरपर्टी नाकाबाट ठुलो मात्रामा तस्करी सशस्त्र प्रहरी बल बिओपी अमरपरटी र प्रहरी चौकी अमरपर्टीको मिलोमतोमा ठुलो मात्रामा तस्करी शुरु भएको हो।चाडपर्वको बेलामा रातीको समयमा ठुलो मात्रामा लत्ताकपडा, फर्सीको बिऊ, बिस्फोटक पटका,हाडयेवर, कबाड र बोयालर कुखुराको तस्करी हुँदै आएको स्थानियहरुले बताउँछन्।
अमरपरटी नाकाबाट भोला कपडा, मुन्ना कपडा, मुन्न देवान कपडा , मुकेश कपडा, आलम मियाँ कपडा, सुबोद हाडयेवर, जयप्रकाश ब्याट्री ,टुन्ना मिठा( गुड्ड), बिबेक चौरसिया ब्याट्री र लोकल रक्सी,बिन्दवासिनीका देवान थरका व्यापारीले १० वटा साईकलबाट बोयालर कुखुराको तस्करी प्रहरी प्रशासनको संरक्षणमा तस्करी गर्दा आएको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सिमानाकामा २४ औ घण्टा डियुटी रहदा पनि तस्करहरुले डियुटी खर्च दिई ठुलो मात्रामा तस्करीको सामानहरु ओहोरदोहोर गर्दे आएका छन् ।
सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएपनि मिडिया बाजि गर्नको लागि सशस्त्र प्रहरीका बिओपिले घरायसी सामान र प्याज , बिस्कुट,चकलेट समातेर प्रचारबाजी गराउदैआएका छन्। एकातिर घरखर्चका लागि थोरै मात्रामा ल्याइएका सामान समाएर सर्वसाधारणलाई हैरानी पारिन्छ भने अर्को तर्फ रातभर तस्करलाई लाइन दिएर रकम असुली गर्ने गरेको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम प्रहरी निरीक्षक उपेन्द्र साह र प्रहरी चौकी अमरपर्टीका सई बिरेन्द्र चौधरी माथि आरोप लागने गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक पवन भट्टराईले तस्करी नियन्त्रणको लागि अपराध अनुसन्धान शाखा ( क्राईम ब्रान्च) भन्ने सदा पोशाकका ईन्चार्जामा प्रहरी निरीक्षक आषुतो शाहीको कमान्डमा एक दर्जन भन्दा बढि प्रहरी परिचालन गरे पनि तस्करी नियन्त्रण हुनुको साटो झन्न तस्करी बढेको पाएको छ।तस्करी बढेपछि चौकीका ईन्चार्जा र सदा पोशाकका घुमुवाहरु माथि शंकाको बिषय बनेको छ।जिल्ला प्रहरी कार्यालयबाट खटाएको सदा पोशाकको घुमुवाहरु चौकी ईन्चार्जहरुबाट समन्वय गरि तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।एसपी भट्टराईले पुर्णरुपले तस्करी नियन्त्रण गर्न निर्देशन दिएपनि प्रहरी चौकी अमरपर्टीका ईन्चार्ज चौधरीले उनको निर्देशन विपरित तस्करी गराउदै आएका छन्।यस बिषयमा सई चौधरी संग बुझ्दा कुनै पनि किसिमको तस्करी नभईरहेको प्रहरी २४ औ घण्टा तस्करी नियन्त्रण गर्न लागेको बताए।सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका सशस्त्र प्रहरी निरीक्षक साहलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
-
राजनीतिक हस्तक्षेपको सिकार प्रहरी संगठन, निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई ‘अर्थहीन’ सुरक्षा सल्लाहकारको जिम्मेवारी!
-
आज कार्तिक २२ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीपछि गुप्तचर प्रमुख टेकेन्द्र कार्की पनि हट्ने चर्चा, प्रधानमन्त्री असन्तुष्ट
-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरकपडको स्वतन्त्र छानबिन…





