
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पावन यमपञ्चक, तिहार तथा दीपावलीको अवसरमा सम्पूर्ण नेपाली नागरिक, नेपाल प्रहरीका प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनमा सुख, शान्ति, समृद्धि र मंगलमय जीवनको कामना गरेका छन् ।
तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्कीले सप्तरङ्गी दीपको दिव्य प्रकाशले सबैको जीवनमा प्रेम, शान्ति, समृद्धि, सकारात्मक ऊर्जा र सिर्जनशीलताको उज्यालो फैलाउने विश्वास व्यक्त गरेका छन् ।
उनले मनका सङ्कीर्णता, द्वेष, अहंकार तथा विकार हटाउँदै अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना जागृत हुनुपर्नेमा जोड दिएका छन् ।
कार्कीले सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाट साझा विजय सम्भव हुने उल्लेख गर्दै भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहने सन्देश दिएका छन् ।
महालक्ष्मीको कृपा र आध्यात्मिक चेतनाले व्यक्तिगत तथा पारिवारिक जीवनमा सुख, आत्मीयता र सद्भाव अभिवृद्धि गर्दै सामाजिक एवं संस्थागत क्षेत्रमा सामूहिक हित, एकता, व्यावसायिक निष्ठा र उत्तरदायित्वको भावना प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।
सार्वजनिक संस्थाहरूको गरिमा, प्रतिष्ठा र जनविश्वास अभिवृद्धि गर्दै राष्ट्रसेवाप्रतिको समर्पण अझ सशक्त बन्न सकोस् भन्ने कामना गर्दै कार्कीले सात रङ्गले जीवन रङ्गियोस्, सात ऊर्जाले सिर्जनशीलता जगाओस् र हरेक हृदयमा मानवता, विवेक तथा सद्कर्मको ज्योति प्रज्वलित भइरहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
उनले सम्पूर्ण नेपालीमा शुभ तिहार तथा शुभ दीपावलीको मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
-
राजनीतिक हस्तक्षेपको सिकार प्रहरी संगठन, निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई ‘अर्थहीन’ सुरक्षा सल्लाहकारको जिम्मेवारी!
-
आज कार्तिक २२ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीपछि गुप्तचर प्रमुख टेकेन्द्र कार्की पनि हट्ने चर्चा, प्रधानमन्त्री असन्तुष्ट
-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरकपडको स्वतन्त्र छानबिन…





