दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी, मानवीय क्षति भएन

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी सुरु भएको हो।

आगलागीपछि सुरक्षाकर्मी तथा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।

Facebook Comments Box
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
१ दिन अगाडि

900Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरकपडको स्वतन्त्र छानबिन…

TOP
30 Shares