
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गौमाताको पूजा आराधना गरिँदै

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ। वैदिक सनातन धर्ममा गाईलाई पवित्र र मातृस्वरूप मानी ‘गौमाता’का रूपमा सम्मान तथा पूजा गर्ने परम्परा रहिआएको छ।
तिहारको औँसीका दिन गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरपरिवारमा सुख, शान्ति, शुभता र समृद्धिको कामना गरिन्छ। ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा व्याख्या गरिएको छ। धार्मिक मान्यताअनुसार गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास रहेको विश्वास गरिन्छ।
गाईले दिने दूध आमाको दूधसरह पौष्टिक हुने भएकाले पनि गाईलाई मातृस्वरूप मानिएको हो। धार्मिक पूजा तथा अनुष्ठानमा गाईको दूध, गोबर र गोमूत्रबाट पञ्चगव्य तयार गरी प्रयोग गर्ने परम्परा छ। आजको दिन गाईको पूजा गरी मीठा परिकार तथा हरियो घाँस खुवाउँदा घरपरिवारमा सुख र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
त्यस्तै, साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धनको डोरो गाईको पुच्छरमा बाँधिदिए मृत्युपश्चात् गाईले वैतरणी नदी तारिदिने धार्मिक मान्यता पनि रहेको छ।
भगवान् श्रीकृष्णको जीवन गाई र गोपाल संस्कृतिसँग अभिन्न रूपमा जोडिएकाले हिन्दु समाजमा गाईप्रतिको श्रद्धा र सम्मान विशेष रहेको पाइन्छ। गाईपूजाले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै मानिसमा पशुप्रति दया, माया, करुणा र संरक्षणको भावना विकास गर्न प्रेरित गर्दछ।
गाईपूजाका लागि दियो, घिउ वा तेल, बत्ती, धूप, अगरबत्ती, फूल तथा फूलमाला, अक्षता, चन्दन, अबिर, केशरी, जल, पञ्चामृत, फलफूल, मिठाई, नैवेद्य, दुबो, कुश, सफा कपडा, आरतीका लागि कपुर र गाईलाई खुवाउन हरियो घाँसको व्यवस्था गरिन्छ।
पूजाका क्रममा सर्वप्रथम गाई बाँधिएको गोठ वा पूजास्थल सफा गरी गाईको शरीर सफा पानीले पुछ्ने वा नुहाइदिने गरिन्छ। त्यसपछि पूजा सामग्री व्यवस्थित गरी पूर्व वा उत्तर दिशातर्फ फर्केर दियो बालिन्छ। भगवान् गणेशको स्मरण गर्दै सङ्कल्प गरेपछि विधिपूर्वक पूजा, आरती र नैवेद्य अर्पण गरी गाईको पूजा सम्पन्न गरिन्छ।
गाई तिहारले धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्दै नेपाली समाजमा पशुप्रतिको माया, सद्भाव र संरक्षणको सन्देश प्रवाह गर्दै आएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सत्ताको उन्मादमा लोकतन्त्रको चीरहरण ! जनताको मतमाथि घात, पत्रकारितामाथि प्रहार र देशलाई सर्कस बनाउने छुट कसैलाई छैन
-
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते
-
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गौमाताको पूजा आराधना गरिँदै
-
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
राजनीतिक हस्तक्षेपको सिकार प्रहरी संगठन, निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई ‘अर्थहीन’ सुरक्षा सल्लाहकारको जिम्मेवारी!
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter तीन दशकदेखि मौलाउँदै आएको राजनीतिक स्वार्थ र हस्तक्षेपले नेपाल प्रहरीको व्यावसायिक…





