
दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते

दैलेख । दैलेखमा बिरामीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको बलेरो गाडी दुर्घटनामा पर्दा चालकसहित ६ जना घाइते भएका छन् ।
सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार कालिकोटबाट बिरामीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेत लैजाने क्रममा गाडी दुर्घटनामा परेको हो । उक्त बलेरो कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए ।
दुर्घटनामा चालक सिंखडासहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की रहेका छन् । कैसी बिरामी हुन् ।
प्रहरीका अनुसार चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेको पनि शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सत्ताको उन्मादमा लोकतन्त्रको चीरहरण ! जनताको मतमाथि घात, पत्रकारितामाथि प्रहार र देशलाई सर्कस बनाउने छुट कसैलाई छैन
-
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते
-
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गौमाताको पूजा आराधना गरिँदै
-
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
राजनीतिक हस्तक्षेपको सिकार प्रहरी संगठन, निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई ‘अर्थहीन’ सुरक्षा सल्लाहकारको जिम्मेवारी!
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter तीन दशकदेखि मौलाउँदै आएको राजनीतिक स्वार्थ र हस्तक्षेपले नेपाल प्रहरीको व्यावसायिक…





