
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष
सञ्चित धनमा वृद्धि हुनेछ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ। लगनशीलताका कारण लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार प्राप्त हुँदा परिवारजनसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
वृष
आगन्तुकहरूले अलमल्याउँदा कार्यसम्पादन गर्न समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्नो कमजोरी ढाक्न काम दोहोर्याएर गर्नुपर्ने हुन सक्छ। विदेश यात्राका लागि सुनौलो अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
मिथुन
व्यापारमा लगानी बढाउनुपर्ने स्थिति सिर्जना हुनेछ। कार्यक्षेत्रमा अपरिचित व्यक्तिलाई विश्वास गर्दा धोका पाइने सम्भावना छ। उच्च शिक्षाका लागि नयाँ अवसर मिल्नेछ। सोचेअनुरूप नतिजा तत्काल प्राप्त नहोला। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
विगतमा गरेका कार्यबाट प्रशस्त लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुका साथै जनसमर्थन मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह
कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ। दिगो कामको जग बसाउने अवसर प्राप्त हुनेछ। प्रशंसनीय कामले अरूलाई उपकार गर्न सकिनेछ। आयआर्जन राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
कार्यक्षेत्रमा नियमित कामलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा मित्रवर्गको साथ र सहयोग मिल्नेछ। चिकित्सा वा शिक्षाको क्षेत्रमा नयाँ चुनौती सामना गर्नुपर्ने हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
तुला
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिले पनि त्यसबाट लाभ उठाउन नसकिने सम्भावना छ। आश्वासन दिनेहरूले झुटो वाचा गर्न सक्छन्, सावधान रहनुहोस्। मान्यजनहरूको सुझाव लाभदायी रहनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक
पहिलेका सम्झौताबाट लाभ मिल्नेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
धनु
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूको राम्रो साथ पाइनेछ। आवश्यकतापूर्ति गर्न सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मकर
सेवामूलक कामबाट प्रतिष्ठा प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो सफलता हात लाग्नेछ। अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ
प्रतीक्षित नतिजा अनुकूल नहुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने हुन सक्छ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मीन
प्रशंसनीय काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मेहनतको फल प्राप्त हुँदा काममा उत्साह जाग्नेछ। प्रयत्न गर्दा अप्ठ्यारो काम पनि सजिलै सम्पन्न गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते
-
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गौमाताको पूजा आराधना गरिँदै
-
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
-
राजनीतिक हस्तक्षेपको सिकार प्रहरी संगठन, निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई ‘अर्थहीन’ सुरक्षा सल्लाहकारको जिम्मेवारी!
आज कार्तिक २२ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ। पुरानो हिसाब मिलाउँदा…





