घोप्टेभीरको पहिरो हटाइयो, मलेखु–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार राति करिब ११ बजे ठूलो सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण मंगलबार बिहानसम्म सवारी आवागमन ठप्प हुँदा तिहार मनाउन घर जाने तथा पर्व मनाएर फर्किने यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए । सडकमा सवारीसाधनको लामो जामसमेत लागेको थियो ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार मंगलबार बिहान पौने ८ बजे पहिरो हटाउने काम सम्पन्न भएपछि सडक दुवैतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक सञ्चालनमा आएसँगै अवरुद्ध भएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन् ।

Facebook Comments Box
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

2.2kViews 15 Shares Share on Facebook Share on Twitter मेष सञ्चित धनमा वृद्धि हुनेछ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने…

TOP
15 Shares