
मलेखु-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध, खुलाउने प्रयास जारी

शोबिका गोले , २३ कात्तिक ।
पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिङ सडक खण्डको घोप्टेभीरमा आज बिहान ठूलो सुख्खा पहिरो खस्दा यातायात दुईतर्फी रूपमा पूर्ण रूपमा अवरुद्ध भएको छ। नागढुंगा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार घोप्टेभीरस्थित (चेनेज ७९+२००) मा पहिरो खसेको हो।
सडक अवरुद्ध भएपछि सो क्षेत्रमा गुड्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। हाल पहिरो पन्छाउनका लागि घटनास्थलमा ३ वटा हेभी मेसिन र उपकरणहरू परिचालन गरिसकिएको छ भने थप २ वटा मेसिनहरू पनि केही बेरमा कार्यस्थलमा आइपुग्ने अवस्थामा छन्।
आयोजनाका अधिकारीहरूका अनुसार यदि पुनः थप पहिरो नझरेको खण्डमा अबको करिब ३ घण्टा (अर्थात दिउँसो १२:१५ बजे) भित्र पहिरो पुरै हटाई राजमार्ग दुईतर्फी रूपमा सुचारु गराउने आँकलन गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मलेखु-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध, खुलाउने प्रयास जारी
-
सत्ताको उन्मादमा लोकतन्त्रको चीरहरण ! जनताको मतमाथि घात, पत्रकारितामाथि प्रहार र देशलाई सर्कस बनाउने छुट कसैलाई छैन
-
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते
-
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गौमाताको पूजा आराधना गरिँदै
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
१ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पावन यमपञ्चक, तिहार…





