
रास्वपाको चियापान कार्यक्रममा कुटाकुट, तीन कार्यकर्ता घाइते

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चियापान तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीभित्रैका दुई पक्षबीच कुटाकुट हुँदा तीन जना कार्यकर्ता घाइते भएका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुही बजारमा रास्वपा उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा सामान्य विवादले उग्र रूप लिएपछि झडप भएको हो। घाइते तीनै जनाको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्राप्त विवरणअनुसार बिहीबार दिउँसो बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारीको प्रमुख आतिथ्यतामा करिब ७० जनाको उपस्थितिमा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भइरहेको थियो।
सोही क्रममा निर्माणाधीन श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास मियाँ अन्सारीले पूर्ववडाध्यक्ष तथा हाल रास्वपामा प्रवेश गरेका असलम देवानमाथि विद्यालय निर्माणमा अनियमितता गरेको आरोप लगाएपछि विवाद सुरु भएको बताइएको छ।
आरोपप्रत्यारोपबाट सुरु भएको विवाद विस्तारै चर्किँदै गएपछि दुवै पक्षबीच हात हालाहाल भएको थियो। झडपका क्रममा प्रमुख अतिथि सांसद रहबर अन्सारी भने कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
सांसद अन्सारी कार्यक्रमस्थलबाट बाहिरिएपछि आक्रोशित कार्यकर्ताबीच वीरगञ्जस्थित हेल्थ केयर अस्पतालअगाडि समेत कुटाकुट भएको सार्वजनिक भिडियोमा देखिएको छ।
घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एआईजीका पाँच पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा !
-
आईजीपी हटाउने सरकारको हतारो, न्यायालयको ढोका ढकढक्याउँदै दानबहादुर : प्रहरी संगठनलाई राजनीतिक प्रयोगशाला बनाउने प्रयास किन?
-
भीमफेदी ईभी दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, १० जनाको मृत्यु
-
वीरगन्ज कारागारबाट कैदी फरार, खोजी तथा अनुसन्धान सुरु
-
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलमुक्त
मकवानपुरमा भीषण इभी दुर्घटना, १४ जना सवार गाडी ५०० मिटर तल खस्यो
२३ घण्टा अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ।…





