सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुला रहने

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालयहरू खुला रहने भएका छन् ।

आन्तरिक राजस्व विभागले करदातालाई सहजीकरण गर्ने उद्देश्यले कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि आफ्ना मातहतका कार्यालय खुला राख्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट आज सार्वजनिक बिदा दिएको छ । तर, कात्तिक महिनाको मसान्तसमेत आजै परेकाले राजस्व परिचालनसम्बन्धी काम प्रभावित हुन नदिन कार्यालय खुला राख्ने व्यवस्था गरिएको विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको आय विवरण दाखिला गर्न, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट तथा सुविधाको उपयोग गर्न, बक्यौता फरफारक गर्न र अन्तःशुल्कजन्य वस्तुको निष्कासन गर्न करदातालाई सहज होस् भन्ने उद्देश्यले सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

विभागको यो व्यवस्थासँगै आज सार्वजनिक बिदा भए पनि करदाताले राजस्वसम्बन्धी आवश्यक सेवा लिन सक्नेछन् ।

Facebook Comments Box
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
१ दिन अगाडि

2.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । लोकआस्था र सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज…

TOP
15 Shares