एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तथा आवश्यक एजेन्डा तय गर्न पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज (मंसिर १ गते) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्ने र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन्।

राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बस्न लागेको स्थायी कमिटी बैठकलाई एमालेले आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्ने तयारीका रूपमा लिएको छ।

Facebook Comments Box
नियुक्तिपत्र नबुझेका दानबहादुरबारे राससकै समाचारमाथि प्रश्न, सरकारकै सूचनाले गरायो मिडिया ट्रायलको आशंका
१ दिन अगाडि

1.6kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रधानमन्त्रीको सुरक्षा…

TOP
30 Shares