
गौरीडाँडा बेशमा यस्तो सेटिङ

बर्दिबास । सर्लाही, महोत्तरी र धनुषाबाट बर्दिबास हुँदै काठमाडौं जाने विद्युतीय सवारी ९ईभी० तथा अन्य माइक्रोबसलाई माध्यम बनाएर संगठित रूपमा तस्करीका सामान ओसारपसार भइरहेको सूचना पाएपछि सशस्त्र प्रहरी बल मधेस प्रदेशका डीआईजी विष्णु भट्टले महोत्तरीको गौरीडाँडा बेशमा कार्यरत प्रहरी टोली नै परिवर्तन गरेका छन् । लामो समयदेखि एउटै स्थानमा बसेर काम गर्दै आएको पुरानो टोलीलाई हटाउँदै उनले महोत्तरीस्थित गणबाट सईको कमान्डमा नयाँ टोली खटाएका हुन् ।
प्राप्त सूचनाअनुसार सर्लाही, महोत्तरी र धनुषाबाट काठमाडौं जाने ईभी तथा माइक्रोबसमा कपडा, काजु, किसमिस, चिनी लगायतका किराना सामान भन्सार छली गरेर ओसारपसार हुँदै आएको थियो । गौरीडाँडामा सशस्त्र प्रहरीको चेकपोस्ट रहे पनि नाम मात्रको चेकजाँच हुने र तस्करीका सामान सहजै गन्तव्यसम्म पुग्ने गरेको आरोप छ । चेकपोस्टकै उपस्थितिमा तस्करीका सामान निर्बाध रूपमा ओसारपसार भइरहेको विषयले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको थियो ।
तिहारको सुरुवाती दिनमै बर्दिबास हुँदै काठमाडौं पुग्न लागेको एउटा माइक्रोबसमा ठूलो परिमाणमा तस्करीको सामान रहेको सूचना डीआईजी भट्टसम्म पुगेको थियो । त्यसपछि उनले बाहिनीबाटै प्रहरी निरीक्षकको कमान्डमा विशेष टोली खटाए । उक्त टोलीले माइक्रोबस नियन्त्रणमा लिएर जाँच गर्दा रंग राख्न प्रयोग गरिने ठूला आकारका सातवटा बाल्टीमा लुकाएर ल्याइएको काजु बरामद गरेको थियो ।उक्त घटनामा गौरीडाँडा बेशका तत्कालीन प्रमुख सईको भूमिकामाथि समेत प्रश्न उठेको छ । डीआईजी भट्टले निरीक्षकको टोली पठाउनुअघि नै भन्सार छलीको सामान रहेको जानकारी गराएर बरामद गरी जाहेर गर्न निर्देशन दिएको भए पनि ती सईले बिल भएको सामान रहेको भन्दै गलत रिपोर्टिङ गरेको स्रोतको दाबी छ । प्रारम्भिक रिपोर्ट र वास्तविक अवस्थाबीच फरक देखिएपछि डीआईजी भट्टले बाहिनीबाट निरीक्षकको कमान्डमा छुट्टै टोली पठाएका थिए । त्यसपछि मात्रै माइक्रोबसबाट तस्करीको काजु बरामद भएको थियो ।
घटनापछि डीआईजी भट्टले गौरीडाँडा बेशको पुरानो टोलीमाथि विश्वास नगरी सम्पूर्ण सेट परिवर्तन गर्न महोत्तरीस्थित गणपति हरि गुरुङलाई निर्देशन दिएका थिए । गणपति गुरुङले तत्कालै पुरानो टोली हटाएर नयाँ जनशक्ति परिचालन गरेका छन् । यसलाई सीमावर्ती जिल्लाबाट भित्रिने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न गरिएको कमान्डस्तरीय हस्तक्षेपका रूपमा हेरिएको छ ।
यसरी तस्करीको सामान ओसारपसार गर्ने कार्यमा नेपाल प्रहरीका थरले चिनिने एक पूर्वसई थापा पनि संलग्न रहेको समाचारस्रोतको दाबी छ । ती पूर्वसईले विगत दुई वर्षदेखि बर्दिबास, धुलिखेल हुँदै बीपी राजमार्गको रुट प्रयोग गरेर कपडादेखि किराना सामानसम्मको तस्करी धन्दा सञ्चालन गर्दै आएको बताइएको छ । तस्करीबाट ल्याइएका सामान भण्डारण गर्न उनले काभ्रेथोकमा एउटा घर भाडामा लिएर गोदामका रूपमा प्रयोग गर्दै आएको स्रोतको दाबी छ ।स्रोतका अनुसार काभ्रेथोकस्थित प्रहरी चौकीभन्दा माथि रहेको उक्त घरमा छापा मारेर अनुसन्धान गर्ने हो भने ठूलो परिमाणमा तस्करीका सामान फेला पर्न सक्ने सम्भावना छ । त्यहाँ भण्डारण गरिएका सामान पछि काठमाडौं चल्ने स्थानीय बसमार्फत राजधानी पुर्यााउने गरिएको बताइएको छ ।
गौरीडाँडामा सात बाल्टी काजु बरामद भएपछि एउटा चेकपोस्टको टोली परिवर्तन हुनु मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ । दुई वर्षदेखि एउटै रुटबाट तस्करी भइरहेको स्रोतको दाबी सत्य हो भने यसको जालो कति टाढासम्म फैलिएको छ भन्ने विषयमा निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ । काभ्रेथोकको भनिएको गोदाम, पूर्वसई थापाको भूमिका, यातायात सञ्चालक तथा बाटोमा रहेका सुरक्षा निकायका चेकपोस्टहरूको भूमिकासमेत छानबिनको दायरामा ल्याउनुपर्ने देखिन्छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखको…





