
भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो।
प्रारम्भिक विवरणअनुसार सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।
दुर्घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोलीले घाइते र मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्याएका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। मृतकको पहिचान र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
२ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखको…





