दाङमा भ्रमणबाट फर्किँदै गरेको बस दुर्घटना, १४ जना घाइते

दाङ । दाङको लमहीमा भ्रमणबाट फर्किँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा १४ जना घाइते भएका छन्।

लुम्बिनी भ्रमण सकेर बाँकेको कोहलपुरतर्फ फर्किँदै गरेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा यात्रुहरू घाइते भएका हुन्। बिहीबार बिहान लमही नगरपालिका–९ स्थित शिव खोलानजिक पूर्व–पश्चिम राजमार्गमा भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए। दुर्घटनामा तीमध्ये १४ जना घाइते भएका छन्।

दुर्घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाएको जनाएको छ।

बस अनियन्त्रित भएर दुर्घटना हुनुको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
२ दिन अगाडि

2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखको…

TOP
15 Shares