काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, जनस्वास्थ्यमा जोखिम बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएपछि जनस्वास्थ्यमा जोखिम थपिएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन संस्था आइक्यूएअरका अनुसार बुधबार (नोभेम्बर १८) बिहान ९ देखि १० बजेसम्म काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा परेको थियो।

उक्त समयमा काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८१ पुगेको थियो। सोही अवधिमा पाकिस्तानको लाहोर ३२७ एक्यूआईसहित पहिलो र बंगलादेशको राजधानी ढाका २२७ एक्यूआईसहित दोस्रो स्थानमा थिए।

हिउँद सुरु भएसँगै वर्षाको कमी, सवारीसाधनबाट निस्कने धुवाँ, सडकको धुलो तथा निर्माण गतिविधिका कारण काठमाडौंको वायु गुणस्तर खस्किँदै गएको छ। वर्षा नहुँदा वायुमण्डलमा रहेका धुलो तथा प्रदूषित कणहरू सहजै नहट्ने भएकाले प्रदूषणको समस्या थप गम्भीर बन्ने गरेको छ।

प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्मिन थालेको छ। वायुमा रहेका सूक्ष्म प्रदूषित कणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले सर्वसाधारणमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेको छ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्।

वायु प्रदूषणबाट जोगिन अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिर निस्कनुपरे गुणस्तरीय मास्क प्रयोग गर्न तथा प्रदूषण उच्च भएका समयमा शारीरिक गतिविधि कम गर्न सुझाव दिइएको छ। बढ्दो प्रदूषण नियन्त्रणका लागि सवारीसाधनको धुवाँ, सडकको धुलो र अव्यवस्थित निर्माण गतिविधि नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

Facebook Comments Box
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
२ दिन अगाडि

2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखको…

TOP
15 Shares