पारदर्शिता र जवाफदेहिताको माग गर्दै आज जेनजी युवाहरू सडकमा उत्रिँदै

काठमाडौं । सरकारका गतिविधिमा पारदर्शिता र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जवाफदेहिता सुनिश्चित गर्न माग गर्दै जेनजी युवाहरू आज शुक्रबार काठमाडौंको सडकमा उत्रिने भएका छन्।

‘ट्रान्सपरेन्सी एन्ड अकाउन्टेबिलिटी मार्च’ (Transparency & Accountability March) नाम दिइएको उक्त मार्चमा रवि किरण हमाल, मिराज ढुङ्गाना, रक्षा बम, जस्मिन ओझा, तनुजा पाण्डे, माजिद अन्सारीलगायत सयौँ जेनजी युवा सहभागी हुने बताइएको छ।

मार्चमा विशेषगरी इनाम सापकोटाको मोबाइल फोन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकारको घरमा कसरी पुग्यो भन्ने विषय उठाइने भएको छ। अनुसन्धानकै क्रममा डिजिटल प्रमाणमाथि कुनै हस्तक्षेप भएको हो वा होइन भन्नेबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।

यसै प्रकरणमा जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले कुमार ब्यञ्जनकारविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीसमेत दिएका छन्।

‘व्यक्ति विशेषको विरोध होइन, सत्यतथ्य सार्वजनिक र सम्बन्धित पक्ष जवाफदेही हुनुपर्छ’ भन्ने मूल मागसहित जेनजी युवाहरू पुनः सडकमा उत्रिन लागेका हुन्। अनुसन्धान प्रक्रिया अघि नबढाइए थप आन्दोलन गर्ने चेतावनीसमेत जेनजी अगुवाहरूले दिएका छन्।

आज मंसिर ५ गते (नोभेम्बर २०) दिउँसो ३ बजे माइतीघर मण्डलाबाट मार्च सुरु हुनेछ। माइतीघरबाट ज्वागल पुगेर पुनः माइतीघर फर्किने र्‍याली साँझ ५ बजे समापन हुने आयोजकले जनाएका छन्।

Facebook Comments Box
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
२ दिन अगाडि

1.0kViews 0 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरी कुनै प्रधानमन्त्रीको निजी संस्था होइन, न त प्रहरी महानिरीक्षकको…

TOP
15 Shares