
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, मलेसिया श्रमिक ठगी प्रकरणमा सीआईबीको कारबाही

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा करिब एक अर्ब ६९ करोड रुपैयाँको गैरकानुनी कारोबार प्रकरणमा अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो।
प्राप्त जानकारीअनुसार पक्राउ पुर्जी जारी भएपछि नेपालबाहिर गएको आशंका गरिएका अर्याललाई भारतको कोलकाताबाट भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो। उनलाई आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
यसअघि यही प्रकरणमा सीआईबीले दुई पूर्वश्रममन्त्रीसहित छ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
प्रहरीका अनुसार नेपाल र मलेसियाबीच भएको द्विपक्षीय समझदारीविपरीत नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ।
करिब एक अर्ब ६९ करोड रुपैयाँको कारोबारसँग जोडिएको यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव र उच्च सरकारी अधिकारीहरूमाथि अनुसन्धान अघि बढेसँगै घटनाले थप गम्भीर रूप लिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
-
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
-
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै
-
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
२ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter मेष आज सिर्जनशीलता र प्रेम पक्ष बलियो रहनेछ। मनपर्ने काममा समय…





