धादिङ बोलेरो दुर्घटनाका ६ गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा परी घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते अन्य तीन जनाको उपचार तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ।

Facebook Comments Box
TOP
15 Shares